प्रचण्ड – नेपाल समूहको बैठक सकियो, के – के भए निर्णय ?

काठमाडौं – प्रचण्ड- नेपाल समूहको बैठक सकिएको छ । आजको बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रिय कमिटीबाट बर्खास्त गर्ने निर्णय गरेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहको बैठकले नेकपाको नयाँ अध्यक्षमा माधव कुमार नेपाललाई चयन गरेका छन् ।

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै वरिष्ठ नेता माधव कुमार नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो । प्रचण्डले नेता नेपाललाई बधाई समेत दिएका छन् । केन्द्रीय समिति बैठकमै उनले नेपाललाई बधाइसँगै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।

यस्तै बैठकले पुस ९ गतेका लागि अर्को बैठक बोलाउने निर्णय गरेको छ । राजधानीमा बसेको बहुमत केन्द्रीय सदस्यको बैठकमा प्रचण्डले अर्को बैठक मंसिर ९ गतेका लागि तय भएको पनि जानकारी दिए । बैठक ११ बजे कार्की ब्याङ्क्वेटमा नै बस्नेछ । बैठकले प्रधानमन्त्री ओलीको संसद विघटनको निर्णयविरुद्ध आन्दोलन अघि बढाउने निर्णय पनि गरेको छ।

बैठकले भोलि दिउँसो १ बजे संंसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक समेत बोलाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?