नेकपाको नयाँ अध्यक्ष माधव कुमार नेपाललाई बनाउने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडौं – प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रिय कमिटीबाट बर्खास्त गर्ने निर्णय गरेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  वरिष्ठ नेता माधव कुमार नेपाल समूहको बैठकले नेकपाको नयाँ अध्यक्षमा माधव कुमार नेपाललाई चयन गरेका छन् ।

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै वरिष्ठ नेता माधव कुमार नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो ।

नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको अध्यक्षबाट हटाइएको केहिबेरअघि प्रचण्ड – नेपाल समूहले घोषणा गरेको थियो ।

ओलीलाई हटाउनेगरी भएको निर्णयमा ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?