निर्वाचन आयोगद्वारा अर्को वर्षको मितिमा चुनावको सर्कुलर जारी

काठमाडौं । निर्वाचन आयोगले हिजो (सोमवार) २०७८ सालको मिति राखेर सर्कुलर जारी गरेको छ ।

पाँच वर्ष ढुक्कले सरकार चलाउने म्यान्डेट पाएको केपी शर्मा ओली सरकारले अचानक नेकपाभित्रको आन्तरिक किचलोका कारण मध्यावधिको बाटो अपनाएपपछि यसमा निर्वाचन आयोग पनि हतारमा देखिएको हो ।

निर्वाचन आयोगले सोमवार जिल्ला निर्वाचन कार्यालयहरुलाई मतदाता नामावली संकलन कार्य स्थगन गर्न निर्देशन दिएको थियो ।

उसले गृह मन्त्रालयको पत्रअनुसार आगामी बैशाख १७ र २७ गते निर्वाचन हुन गइरहेकाले प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ मा भएको प्रावधान समेतका आधारमा हाल सबै जिल्ला निर्वाचन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन कार्य सोमवार २०७७ पुस ६ गतेदेखि अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्ने निर्णय गरेको हो ।

eledtion-commission-note

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?