काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको केपी ओली इतर समूहले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्ष प्रस्ताव गरेको छ ।
मंगलवार कार्यकारी अध्यक्षप्रचण्डसहितको ओली इतर समूहको स्थायी समिति बैठकले नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए ।
त्यस्तै बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाललाई नयाँ अध्यक्ष बनाउने सहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा लगिएको छ ।
बैठकको निर्णयअनुसार कार्यकारी अध्यक्षको प्रावधान राखिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया