नेकपा मसालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। हिजो (सोमबार) बसेको आकस्मिक बैठकले ओली सरकारले गरेको संसदको विघटन असंवैधानिक र अप्रजातान्त्रिक समेत भएको हुनाले विघटित संसदको पुनर्स्थापनाको लागि माग गर्ने र त्यसका लागि संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याउँदै समर्थन फिर्ता लिएको हो ।

पार्टीका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ”अहिले ओली सरकारले लिएको असंवैधानिक र अप्रजातान्त्रिक कदमपछि समर्थन फिर्ता लिने निर्णय गरिएको हो ।

संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था भएकोले यसबाट देश र जनताको हितमा काम हुन नसक्ने पनि मसालले स्पष्ट पारेको छ। तर, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता जस्ता प्राप्त सीमित अधिकारसमेत गुम्न नदिन वर्तमान संसदीय व्यवस्थाको रक्षा गर्नुपर्नेमा मसालको जोड छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?