संसद विघटनविरुद्ध आज पनि पोखरामा प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपश्चात पोखरामा आजपनि प्रदर्शन भएको छ ।

मंगलवार (आज) बिहान पोखराको पृथ्वीनारायण क्याम्पसमा संयुक्त विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

यसअघि आइतवार र सोमवार पनि उनीहरुले प्रदर्शन गरेका थिए । सरकारविरुद्ध चर्को नाराबाजी गरेका उनीहरुले प्रधानमन्त्री ओलीको पुत्लादहन समेत गरेका छन् ।

प्रदर्शनपछि उनीहरुले क्याम्पस परिसरमा ढुंगामुढा समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?