काठमाडौँ- प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलबीच सोमवार साँझ भेटवार्ता भएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री भेट्न गृहमन्त्री बादल सोमवार साँझ बालुवाटार पुगेका हुन् । सो क्रममा ओली र बादलबीच करिब एक घण्टा कुराकानी भएको छ । प्रधानमन्त्री ओली र गृहमन्त्री बादलबीच संसद विघटन गरेपछिको विकसित घटनाक्रमबारे छलफल भएको बुझिएको छ ।
गृहमन्त्री बादलले सोमबार दिउँसो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रचण्ड र वरिष्ट नेता माधव नेपालनिकट ७ जना मन्त्रीले राजीनामा दिएपनि गृहमन्त्री बादल भने अहिलेसम्म कुनैपनि गुटमा खुलेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया