बाबुरामले मागे राष्ट्रपतिको राजीनामा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्या देवी भण्डारीको राजीनामा मागेका छन् ।

उनले राष्ट्रपति पदको दुर्दशा भएको समेत आरोप लगाएका छन् । उनले स्व. मदन भण्डारीको स्मृति र इतिहासप्रति अलिकति पनि लज्जाबोध बाँकी भए राजीनामा दिएर बिदा हुन राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा एक फोटो शेयर गर्दै लेखेका छन्, ‘राष्ट्रपति पदको दुर्दशा ! महामहिम, स्व. मदन भण्डारीको स्मृति र इतिहासप्रति अलिकति पनि लज्जाबोध बॉकी भए राजीनामा दिएर विदा हुनोस् !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?