देशको पछिल्लो अवस्थाबारे बोले पूर्वराष्ट्रपति यादव : भने-‘राष्ट्रपति संस्थामाथि देशले प्रश्न उठायो’

काठमाडौं । पूर्वराष्ट्रपति राम वरण यादवले राष्ट्रपति संस्थामाथि देशले प्रश्न उठाएको बताएका छन् ।

नेपाली जनताले आशिर्वाद दिएर पुर्याएको संस्थाको विषयमा यसअघि आफूले केहि नभनेको टिप्पणी गर्दै उनले यो संस्था देशको अविभावक भएको बताएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपति संस्थामाथि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो। नेपाली जनताले आशिर्वाद दिएर पुर्‍याएको संस्थाको विषयमा यसअघि मैले कहिल्यै पनि टिप्पणी गरेको थिइन। आज अत्यन्त मर्माहत भएर यो कुरा भनिरहेको छु। सर्वोच्च अदालतको यो विषयमा ध्यान पुगोस् भन्ने विनम्र आग्रह पनि छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?