आरोप पत्र फिर्ता लिन प्रचण्डजीलाई घरैमा गएर आग्रह गरेँ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीवन नै सकाउने हिसाबले आएको आरोपपत्र फिर्ता लिन पुष्पकमल दाहाल प्रचण्डको घरैमा गएर आग्रह गर्दासमेत त्यसलाई आफ्नो कमजोरी ठानिएको बताएका छन् ।

देशवासीको नाममा सम्बोधन गर्दै ओलीले यसअघि प्रधानमन्त्रीविरुद्ध आरोपपत्र ल्याएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ संकेत गर्दै ओलीले उनी र आफ्नै पार्टीका नेताहरु प्रतिपक्ष भन्दा पनि सशक्त विरोधमा लागेको बताएका हुन् ।

उनले संसद विघटनको निर्णय आकस्मिक नभएको समेत खुलासा गरेका छन् ।

उनले राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको बताए ।

सोमवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरिएपछि आफ्ना सामु जनतासामु जानु बाहेकको अर्को विकल्प नभएको तर्क गरे । जसअनुसार हिजो प्रतिनिधिसभाको विघटन गरेर वैशाखमा निर्वाचन गर्ने तय भएको उनको भनाइ छ ।

‘संसद विघटन अप्रत्यासित र आकस्मिक जस्तो देखिएपनि राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरिततका गतिविधिका कारण यो अवस्था सिर्जना भएको हो’, ओलीले भने ।

अब आफ्नै पार्टीका नेता र प्रतिपक्षलाई पनि जनताको नयाँ जनादेश लिन जान उनले अनुरोध गरे ।
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? 

यसकारण जनादेश लिने निर्णय गरेँ : प्रधानमन्त्री ओली

जनतासँग क्षमायाचना गर्दै मत माग्न जान पनि प्रधानमन्त्री ओलीको निर्देशन (भिडियो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?