अध्यादेश जारी भएपछि सरकारविरुद्ध रविन्द्र मिश्रको दोस्रो टिप्पणी – आउनोस् ! सँगै हिँडौँ

काठमाडौं – अध्यादेश जारी भएपछि नेपाली राजनीति तातेको छ । यसका विषयलाई लिएर निकै खरो किसिमको टिकाटिप्पणी भइरहेका छन् । यसैबीच विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले यस विषयमा दोस्रोपटक टिप्पणी गर्दै लेखेका छन् ।

राष्ट्रपति : अ(राष्ट्रपति), प्रधानमन्त्री (गुटमन्त्री) सभामुख (पार्टी मुख), विपक्षी दलका नेता भागवण्डा (मुख) र जनताको ठूलो हिस्सा स्वतन्त्र होइन ‘पार्टीभक्त’ बनाउने राजनीति रहेसम्म यस्ता घटना घटिरहन्छन्।

अब एकमात्र आशा, विवेकशील साझा ! देश बनाउने ! आउनोस्, अब सँगै हिँडौँ।

यसअघि उनले यो विडम्वनाको चक्र नतोडेसम्म देशले राहतको श्वास फेर्नै नसक्ने बताएका थिए ।
उनले लेखेका छन्  : 
देश हाँक्ने सबैभन्दा विशिष्ठ व्यक्तित्वहरू बस्ने थलो – संवैधानिक परिषद। त्यही ठाउँमा हुन्छ भागबण्डा र गन्धा खेल। अदालतरप्रहरीरप्रशासन सबै ठाउँमा त्यस्तै छ। र, तिनले बोलाए भने तिनकै समर्थनमा निस्किन्छन् दशौँ हजार नागरिक। यो विडम्वनाको चक्र नतोडेसम्म यो देशले राहतको श्वास फेर्नै सक्दैन।

यसअघि लोकपथमा प्रकाशित यो समाचार हेर्नुहोस्  :
खरो आलोचना भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा के छ ?  पूर्णपाठ हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?