सरकारविरुद्ध कांग्रेसको प्रदर्शन : देशभर कहाँ के-के भयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमवार देशभर सरकार विरोधी प्रदर्शन गरेको छ ।

सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको, भ्रष्टाचार एवंम अकर्मण्य व्यवहारमा सरकार लिप्त भएको आरोप लगाउँदै कांग्रेसले देशभर प्रदर्शन गर्ने घोषणा गरेको हो ।

कांग्रेसले पूर्वनिधारित कार्यतालिका अनुसार आज देशभर नारा, जुलुससहति प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेसले सरकारको पछिल्लो गतिविधि साथै पार्टीका वरिष्ठ नेतामाथि गरेको दुव्र्यवहार, सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको, कोरोना नियन्त्रणमा काम गर्न नसकेको साथै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएको छ ।

प्रमुख प्रतिपक्षी दल भएर पनि सरकारका कामकारबाही प्रती केही चासो नदेखाएको साथै पार्टी भित्रै आन्तरिक विवादमा रुमल्लिएको आरोपकाबीच कांग्रेसले आन्दोलनलाई शसक्त बनाएको हो ।

बर्तमान सरकार बनेपछि प्रतीपक्षमा रहेको कांग्रेसको सोमवारको आन्दोलन नै सबै भन्दा ठुलो बिरोध सभा हो । कोरोनाका कारण अनिश्चत बनेको संसद बैठक का कारण आफ्नो धारण सदनमा प्रस्तुत गर्ने विकल्पमा नेपाली कांग्रेस सडकमा ओर्लीएको जनाएको छ ।

केही दिन अघि देखि नै कांग्रेसले देशभरको आन्दोलनलाई सफल बनाउन तीव्र तयारी गरेको थियो । तयारी अनुरुप देशका मूख्य मुख्य शहरमा आयोजित बिरोध कार्यक्रममा कांग्रेस समर्थक, नेता कार्यकर्ता साथै आम मानिसहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

देशव्यापी रुपमा आयोजित बिरोध सभालाई विभिन्न नेताले सम्बोधन गर्ने पूर्वनिर्धारीत योजना अनुसार मकवानपुर पुगेका सभापति शेर बहादुर देउवाले कोरोना महामारीको समयमा सडकमा आउनु राम्रो नभएता पनि सरकारले गैरजिम्मेवार क्रियाकलाप र अत्याचार जारी राखेको ले कांग्रेस सडकमा आउन बाध्य भएको बताएका थिए ।

त्यस्तै, काठमाडौंका १० वटै क्षेत्रबाट निक्लीएको जुलुस शान्तिबाटिकामा जम्मा भइ बागबजार त्रिचन्द्र कलेज हुँदै पनः शान्ति बाटिकामा आई बिरोध कार्यक्रमको अ‍ैपचारीक सुरु गरेको थियो । सभामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको बक्लो उपस्थिति थियो ।

काठमाडौंको शान्तिबाटिकामा भएको कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, काठमाडौं जिल्ला सभापती सबुज बानिँया, केन्द्रीय सदस्यहरु नविन्द्र राज जोशी, डा. डिला संग्रौला लगायत विभिन्न भातृ संगठनका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सरकारले देशमा ,सिमा विबाद, हत्या हिंसा, बलात्कार, भष्ट्राचार लगायतका अपराधिक कृयाकलाप बढ्दै जाँदा सरकार निरही बनेर बसेको दुई तिहाईको दम्भ देखाएर देशमा हाम्रो विरोध गर्ने कोई छैन जे गर्दा नि हुन्छ जस्तो व्यवहार देखाएको आरोप कांग्रेसका नेताहरुले लगाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले पञ्चायती सरकार र वर्तमान सरकारबीच कुनैपनि फरक नभएको टिप्पणी गरेका छन् ।

साथै नेता पौडेलले सरकारमा कम्युनिष्ट पार्टी भएर पनि अधिनायकवादी र सर्वसत्तावादी चरित्र देखाएको आरोप लगाए भने अर्का नेता नविन्द्रराज जोशीले सरकारले कोरोना महामारीको समयमा जनमुखी काम नगरेको बताए ।

त्यस्तै पार्टीले आयोजना गरेको विरोध प्रर्दशनलाई सम्वोधन गर्न धनगढी पुगेका पूर्व मन्त्री एवंम नेपाली कांग्रेसका सांसद गगन थापाले बालुवाटारको जग्गा प्रकरणमा मुछीएको व्यक्ति अर्थमन्त्रीको कुर्सीमा विरजमान भएको भन्दै सरकारको चरित्रमाथी प्रश्न उठाएका छन् । साथ नेकपा भित्रको आन्तरिक विबादमा राष्ट्रपतिको संलग्नता प्रति पनि आक्रोश व्यक्त गरेका हुन् ।

कोरोनाको जोखिम अझै रहिरहेको हुनाले समाजिक तथा भौतिक दुरी कायम गरी गर्ने भनिएको सरकार विरोधी सभामा भौतिक दुरी कायम भएको नदेखीएता पनि कांग्रेसका सबै नेता तथा कार्यकताले मास्क अनिबार्य रुपमा प्रयोग गरेका थिए ।

यो पनि

सरकारविरुद्ध सडकमा उत्रियो कांग्रेस, काठमाडौंमा जे देखियो (फोटोहरु हेर्नुहोस्)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?