सरकारविरुद्ध सडकमा उत्रियो कांग्रेस, काठमाडौंमा जे देखियो (फोटोहरु हेर्नुहोस्)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमवार) देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्‍याली निकालिएको थियो । काठमाडौंका विभिन्न ठाउँहरुबाट निकालिएको र्‍याली अन्ततः रत्नपार्कस्थित शान्तिबाटिकामा गएर कोणसभाको रुपमा परिणत भएको छ । उक्त कार्यक्रमलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । कांग्रेसका शिर्ष नेताहरु विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगि सम्बोधन गरेका छन् ।

पुल उद्घाटनका लागि गृहजिल्ला तनहुँ पुगेका पार्टीका वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?