सगरमाथाको उचाइ सार्वजनिकरण समारोहमा के भने परराष्ट्रमन्त्रीले ?

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक भएको छ । नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र चीन दुवै देशका लागि संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् ।

८६ सेन्टिमिटरको वृद्धिपश्चात् अहिले सगरमाथाको उचाइ ८८४८.८६ मि पुगेको ज्ञवालीले बताए ।

कार्यक्रममा बोल्दै ज्ञवालीले सगरमाथाको नयाँ उचाइ संयुक्त रुपमा घोषणा गर्ने भनेर अघिल्लो वर्ष सहमति भएको बताए ।
‘यस्तो महत्वपूर्ण समारोहमा सहभागी हुन पाउँदा अत्यन्तै खुशी र सम्मानित महशुस गरेको छु,’ ज्ञवाली अगाडि थप्छन्, ‘यो दुवै देशका लागि विशेष समारोह हो ।’

साथै उनले सम्बन्धित मापन टोलीहरुले महिनौं लामो सर्वे तथा मापन प्रक्रिया पूरा गरेर र प्राविधिक समूहले उपलब्ध तथ्याङ्कलाई संयुक्त रुपमा प्रशोधन गरी निकालेको सगरमाथाको नयाँ उचाइमा दुवै राष्ट्रले सहमति जनाइसकेको पनि बताए । यसो भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सन्देश पढेका थिए ।

सन्देश पढिसकेपछि उनले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका थिए । सगरमाथाको उचाइ अहिले ८८४८.८६ मि पुगेको छ । अबदेखि यही उचाइलाई आधिकारिक मानिने छ । यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा सगरमाथाको उचाइ ८८४८ मिटर मापन गरेको थियो जसलाई हामी अहिलेसम्म आधिकारिक मान्दै आएका थियौं ।

नेपालले आफै सगरमाथाको उचाइ मापन गरेको यो इतिहासमै पहिलो पटक हो ।

यसअघि लोकपथमा प्रकाशित समाचार पढ्नुभएको थियो ?

बढ्यो सर्वोच्च शिखर सगरमाथाको उचाइ, यसरी कठिनाईसँग जुध्दै नापेको थियो नेपाली टोलीले(हालसम्मको विवरणसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?