सरकारले गर्‍यो ३ देशका लागि राजदूत सिफारिस

काठमाडौं – सरकारले ३ देशका लागि राजदूत सिफारिस गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको हो।

बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा।कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको खबर छ । सगरमाथाको उचाई सार्वजनिक गर्नुपूर्व आज प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक बोलाएका थिए बैठकअघि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?