नेकपा स्थायी कमिटीको अर्को बैठक २८ गते

काठमाडौं – आन्तरिक विवादका विषयमा छलफल गर्न हिजो आइतवार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आउँदो मङ्सिर २८ गतेसम्मका लागि स्थगन भएको छ ।

स्थायी कमिटीको बैठकका कारण पूर्वनिर्धारित यही मङ्सिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गतेका लागि सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सो पार्टीको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा शुरु भएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित नभई पार्टीलाई विभाजनका डिलमा पु-याउने तयारीसहित बैठक राखिएकाले आफू बैठकमा सहभागी नभएको लिखितपत्र पठाएका थिए ।

बैठकमा अध्यक्ष ओलीको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले वाचन गर्नुभएको प्रवक्ता श्रेष्ठले बताए । शीर्ष नेताबीच अनौपचारिक छलफल गरेर सहमति खोज्ने प्रयास पनि जारी रहेको जनाइएको छ ।

शनिबारको सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन ९पत्र० स्थायी कमिटीमा लाने निर्णय गरेको थियो ।

यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्ताव पत्रका सम्बन्धमा शीर्ष नेताहरुबीच विवाद हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?