काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २४७ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ । अहिलेसम्म नेपालमा १६लाख १७ हजार २३ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ३ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया