यस्तो रहनेछ आगामी ३ दिनको मौसम

हाल प्रदेश नं २ र प्रदेश नं १ का तराई भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै मंगलबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । रातिपनि सोही अवस्था रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै बुधबार र बिहीबार पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै जाडो बढ्दै गएकाले हिमाली भेगमा हिमपान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?