काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार काठमाडौं उपत्यकामा ५०१ जनामा संक्रमण पुष्टि भएको छ । जसमा महिला २१२ र पुरुष २८९ जना रहेका छन् ।
मन्त्रालयका अनुसार सोमबारसम्म उपत्यकामा ९७ हजार १५९ जनामा संक्रमण पुष्टि भइसकेके छ । जसमध्ये काठमाडौंमा ७८ हजार ६५०, भक्तपुरमा ७ हजार १३० र ललितपुरमा ११ हजार ३७९ जना रहेका छन् ।
संक्रमितमध्ये काठमाडौंमा ६४ हजार ७०, भक्तपुरमा ५ हजार ६६ र ललितपुरमा ९ हजार ८९ जना निको भइसकेका छन् भने सक्रिय संक्रमित काठमाडौंमा १४ हजार २७९, भक्तपुरमा १ हजार १८ र ललितपुरमा २ हजार २०४ जना रहेका छन् ।
यसैगरी हालसम्म काठमाडौंमा ३०१, भक्तपुरमा ७६ र ललितपुरमा ८६ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया