काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०७ जना संक्रमित थपिएका छन् ।
जसमा ३५२ जना महिला संक्रमित रहेका छन् भने ४५५ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । काठमाडौंमा अहिलेसम्म ७८ हजार २७७ जनालाई कोरोना संक्रमण भएको छ भने २९९ जनाको मृत्यु भएको छ ।
काठमाडौंमा ६२ हजार ७४१ जना संक्रमण मुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १५ हजार २३७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौंमा होम आइसोलेसनमा बस्नेको संख्या ११ हजार ३२८ रहेको छ ।
त्यस्तै भक्तपुरमा अहिले १ हजार २८ जना होम आइसोलेसनमा रहेका छन् भने ७६ जनाको मृत्यु भएको छ ।
त्यस्तै ८ हजार ८६ जनालाई हालसम्म संक्रमण भएको छ भने ५ हजार ७५८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै भक्तपुरमा १ हजार २५२ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै ललितपुरमा हालसम्म ११ हजार २९५ जनालाई कोरोना संक्रमण भएको छ भने ८४ जनाको मृत्यु भएको छ ।
त्यस्तै १ हजार ९५९ जना होम आइसोलेसनमा रहेका छन् भने ८ हजार ८९६ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै २ हजार ३१५ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २२१ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ७९८ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ ।
अहिलेसम्म नेपालमा १६लाख ९ हजार ७९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २१ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया