कोरोना संक्रमित सुत्केरी किशोरीको मृत्यु

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा  १९ वर्षीया सङ्क्रमित एक किशोरीको मृत्यु भएको छ । सनुसरीको बराहक्षेत्र नगरपालिका–५ की किशोरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रवार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो । शुक्रवार नै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?