नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६० हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै थप ८ सय ५३ कोरोना संक्रमण मुक्त भएका छन । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १४८ पुगेको छ ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ५८ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?