काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन १२.९५ अंकले घटेको नेप्से परिसूचक आज २.६४ अंकले बढेर २ हजार ६५५.२२ बिन्दुमा पुगेको छ ।
नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ । आज ३३६ वटा कम्पनीका १ करोड ७ लाख १३ हजार ८४२ कित्ता सेयर ३ अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार ३४९ वटा कम्पनीका १ करोड २३ लाख ७३ हजार ८४१ कित्ता सेयर ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँमा किनबेच भएको थियो ।
आज कारोबारमा आएका उपसमूहमध्ये अन्य समूहको उपसूचकबाहेक सबै समूह हरियो देखिएका छन् । यस दिन १५८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ वटा कम्पनीको घटेको छ। यस्तै, १४ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।
आज क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १४.०८ प्रतिशतले वृद्धि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया