तिहारलाई लक्षित गर्दै सिजीले ल्यायो नयाँ स्मार्ट एयर फ्रायर

लोकपथ
0
Shares

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले तिहारलाई लक्षित गर्दै नयाँ स्मार्ट एयर फ्रायर बजारमा ल्याएको छ । कम्पनीले आफ्नो प्रिमियम सिग्नेचर सिरिज ‘सिजी मेरिडिया’ अन्तर्गत विभिन्न मोडलका एयर फ्रायर बजारमा उपलब्ध गराएको हो ।

तिहारमा सेलरोटी, फिनी, अनरसा लगायतका परिकार बनाउँदा धेरै तेल प्रयोग हुने गर्छ। यसलाई ध्यानमा राख्दै सिजीले कम तेलमा पनि स्वादिष्ट र स्वस्थकर परिकार बनाउन सकिने एयर फ्रायर ल्याएको जनाएको छ । यी उपकरणबाट परम्परागत तरिकाको तुलनामा ९० प्रतिशतसम्म कम तेल प्रयोग गरेर परिकार बनाउन सकिने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार बजारमा उपलब्ध नेपालकै पहिलो एआई एयर फ्रायर मोडलले ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यसमा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले परिकारअनुसार आफैँ तापक्रम र पकाउने समय निर्धारण गर्छ। यसले खाना पकाउने कामलाई सहज र छिटो बनाउँछ । त्यस्तै, ग्राहकको रोजाइमा रहेको अर्को मोडल पनि बजारमा उपलब्ध छ ।

यसैगरी, तिहारलाई लक्षित गर्दै कम्पनीले १३ लिटर क्षमताको नयाँ स्मार्ट एयर फ्रायर पनि बजारमा ल्याएको छ । ठूलो परिवार र चाडपर्वमा हुने जमघटका लागि उपयोगी हुने यस मोडलमा १८०० वाट पावर र १२ वटा स्मार्ट कुकिङ मेनु रहेका छन् ।

यसमा खाना पाकिरहेको हेर्न मिल्ने वाइड एंगल विन्डो, ६० मिनेटको टाइमर र डिहाइड्रेटर सुविधा पनि छ । एलईडी डिस्प्ले र टच स्क्रिनमार्फत यसलाई सजिलै सञ्चालन गर्न सकिन्छ । साथै, खाना पकाउने क्रममा ढोका खोल्दा आफैँ बन्द हुने अटो सटअफ प्रविधि पनि राखिएको छ ।

एयर फ्रायरसँगै विभिन्न परिकार बनाउन मिल्ने एसेसरिज पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । आयल ट्रे, फ्ल्याट ग्रिल र्‍याक, स्यालो नेट ग्रिल र्‍याक, रोटेट बास्केट, चिकेन फोर्क र फेच टुललगायतका सामग्रीले खाना रोस्ट, ग्रिल र बेक गर्न सहज बनाउने कम्पनीको भनाइ छ ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा सेवा दिँदै आएको सिजीका यी उत्पादन देशभरका २२ वटा सिजी डिजिटल र ६ वटा एलजी ब्रान्ड शपबाट खरिद गर्न सकिनेछ । साथै, कम्पनीका आधिकारिक वेबसाइट र बिक्री केन्द्रबाट पनि यी उत्पादन उपलब्ध हुनेछन् ।

ग्राहकलाई बिक्रीपछिको सेवा सहज बनाउन कम्पनीले ‘सीजी केयर्स’ एप सञ्चालनमा ल्याएको छ । उक्त एप र देशभर रहेका ४० वटा सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?