कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं – रुपन्देही जिल्लामा उपचाररत एकजना कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका – १० की मधुवनी स्वास्थ्य केन्द्रकी ४८ वर्षीया ‘सिनियर अनमी’ को भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएपछि १८ गते उनलाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरि उपचार गरिएको थियो ।

सोमबार राति १० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनीसहित एकैदिन बुटवलका २ जना र कपिलवस्तुका एकजनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?