माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले लिए पद तथा गोपनीयताको शपथ

लोकपथ
0
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

राष्ट्र बैंकमा आयोजित शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अन्य पदाधिकारी, माछापुच्छ्रे बैंकका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

बैंकको २८औँ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट केसी सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका थिए ।

त्यसपछि बसेको सञ्चालक समितिको ५६७औँ बैठकले उनलाई आगामी चार वर्षका लागि बैंकको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।

नियुक्तिसँगै केसीले अब चार वर्षसम्म माछापुच्छ्रे बैंकको अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?