थप ३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं – बाँकेमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दियाका दुईजना र दाङका एकजना संक्रमितको मृत्यु भएको हो ।

बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

उता बर्दियाकै बाँसगढी नगरपालिका- ८ का ३५ वर्षीय पुरुषको वेस्टर्न अस्पताल नेपालगन्ज र
दाङको घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो।
चिसो बढेसँगै कोरोनाको जोखिम अझ बढ्ने भन्दै चिकित्सकले सचेत रहन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?