काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४२८ जनालाई कोरोना संक्रमण भएको छ ।
जसमध्ये ६३० जना महिला र ७९८ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौं जिल्लमा मात्रै १५ हजार ९८२ सक्रिय केस रहेका छन् भने ५६ हजार ९४६ जना कोरोना संक्रमण मुक्त भएका छन् त्यस्तै अहिलेसम्म काठमाडौंमा २७५ जनाको मृत्यु भएको छ भने ७३ हजार २०३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै काठमाडौंमा ११ हजार ६५१ जना होम आइसोलेसनमा रहेका छन् ।
त्यस्तै भक्तपुरमा १ हजार १४३ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५ हजार ३८३ जना निको भएका छन् । त्यस्तै हालसम्म ७२ जनाको मृत्यु भएको छ भने भक्तपुरमा १ हजार ८१४ जना होमआइलसोलेसनमा रहेका छन् ।
त्यहाँ हालसम्म ६ हजार ५९८ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै ललितपुरमा अहिले १ हजार ८३१ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार २५९ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै ८ हजार २७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६८ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । त्यहाँ १० हजार ३५४ जनालाई कोरोना संक्रमण भएको छ ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १२६ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ७९८ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५९ हजार ७२४ रहेको छ । कोरोना संक्रमण मुक्त हुनेको दर नेपालमा ८१ प्रतिशत रहेको छ ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९६७ रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आज १ हजार ४२८ जना संक्रमित थपिएका छन् । जसमध्ये ६३० महिला र ७९८ जना पुरुष संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ११ हजार १७७ वटा पीसीआर परीक्षण भएका छन् । योसँगै अहिलेसम्म नेपालमा १५ लाख ५१ हजार २५४ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया