हामी गल्ती दोहोर्‍याईरहन्छौँ ! जीवन सुखी बनाउन अपनाऔँ ८ उपाय

काठमाडौं – विश्व कोरोना भाइरस ‘कोभिड १९’ बाट ग्रस्त छ ।

यो महामारीबाट नेपालमा मृत्यु हुनेको कुल संख्या १ हजार २३० पुगेको छ। कुल कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ, भने नेपालमा यस महामारीबाट बच्न सरकारले करिब ३ महिना लामो लकडाउनको नीति पनि लियो तर कोरोना पुष्टि भएको ९ महिना पूरा हुँदासम्म करिब २ हजारको हाराहारीमा संक्रमित थपिइरहेका छन् ।

शिक्षा रोजगारी देखि हरेक कुराहरु प्रायठप्प भएको यस्तो विषम परिस्थितीमा डरैडरमा बस्दा धेरैको मनोबल घटेको छ भने मनस्थिती खल्बलिएको छ । विज्ञहरुको यस महामारीपछि मानिसमा धेरै किसीमका स्वास्थ्य समस्या थप हुनसक्ने भन्दै लकडाउनकाबीच पनि शारीरिक व्यायाम र आफ्नो सरसफाईका कार्य गर्न सुझाएका थिए । अहिले पनि बृद्धबृद्धा बालबालिकालाई घरबाहिर ननिस्कन भीडभाडमा नजान भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पटक-पटक आफ्नो सम्बोधनमार्फत् सन्तुलित भोजन, सरसफाई, व्यायाम, योगा लगायतका ५ उपाय अपनाएर स्वस्थ हुन सुझाव दिएका छन् ।

हुन त सबैको चाहना हुन्छ, जीवन आफूले चाहेजस्तै होओस् । आफूले चाहेको गतिमा हिँडोस् । जीवन सुखी होओस् । रमाईलो गरी बितोस् । भनेजति सफलता होओस् । रुन नपरोस् सुखसयलमा बाँचौँ ।

ग्रिसका प्रतिष्ठित दार्शनिक एरिस्टोटलले भनेका छन्, हामी त्यही हौँ, जे हामी बारम्बार गर्छौ ।

हो, उत्कृष्ट कुनै कार्यबाट हुने होइन, बानीबाट हुने हो । राम्रो बानीको विकासले नै जिन्दगी सुन्दर बनाउँछ । तर हामी धेरैको एउटै गल्ति के हो भने हामी स साना कुराहरु ठिकठाकसँग गर्दैनौँ । वेवास्ता गरिदिन्छौँ । कि भुलिदिन्छौँ कि अपनाउँदैनौँ । तर भगवान् गौतम बुद्ध भन्नुहुन्छ, कसैको बारेमा प्रशंसा गर्नमा समय खेर नफाल बरु राम्रा कुरा अपनाउने कोशिस गर । यदि तपाईले यी ७ वटा सुत्रलाई अनुशासित तरीकाले पालना गर्नुभयो भने पनि जीवनमा खुशीयाली आउँछ । बहार आउँछ ।

के हुन् ति ८ आनीबानी ? 

१. सकारात्मक सोंचको विकास : पहिलो शर्त हो सकारात्मक सोच । अहिलेको मानिसको पहिलो गल्ति नै यो हो की मानिसहरु सकारात्मक नै सोच्दैनन् । अरुको डाहा गर्ने, कुरा काट्ने, तल पारेर बोल्ने, हेप्ने, होच्याउने, भित्तामा पुग्नेहरु भन्ने जस्ता बानीहरुले दोस्रोलाई नोक्सानी गर्दैन । स्वयम् सोँच्ने व्यक्तिलाई हानी गर्छ । तसर्थ । जीवनलाई जीउने कला सजिलो हुँदाहुँदै मानिसले अन्य गलत बाटो समातेका छन् । र त जीवन भनेजस्तो शानदार छैन । खुसी छैन । अरु राम्रा कामका लागि पनि तपाईको सोच महत्वपूर्ण हुने भएकोले यसलाई पहिलो शर्तका रुपमा अघि सारीएको हो । सकारात्मक सोच्दैमा छिटै सफलता प्राप्ति हुने पक्कै होइन । तर यो कुरा पक्का हो की यसले लामो समयसम्म केही राम्रा काम गर्न हौसला दिइरहन्छ । मनमा शान्ति र दया भाव दिईरहन्छ ।

२. शारीरिक व्यायाम : स्वास्थ्य धन हो । त्यसैले स्वास्थ्यलाई जहिल्यै पनि पहिलो प्राथमिकतामा राख्नुपर्छ । पछिल्लो समय व्यस्त जीवनशैलीका कारण धेरैले व्यायाम गर्नै भ्याईँदैन भन्छन् । तर स्वास्थ्य नै धन हो भन्ने चेत नआईन्जेल कहिलयै समय पुग्दैन । व्यायामका फाईदा र यसले जीवन कसरी परिर्वतन गर्छ भन्नेबारे कमैलाई थाहा छ । व्यायाम गर्दा व्यक्तिमा आत्मविश्वास बढ्छ, तनाव व्यवस्थापन हुन्छ, शरीर फिट देखिन्छ, रचनात्मक क्षमताको वृद्धि हुन्छ, शरीरबाट पसिना बाहिरीन्छ, स्फूर्ति आउँदछ ।

३. सन्तुलित भोजन सादा आहार-व्यहार :  अहिले धेरै मान्छेको सोँच छ, पेट भरीनुपर्यो वश् । खाना कस्तो छ ? खाना खाने समय ?  खाना खानुअघि र खाईसकेपछिका आनीबानी, नियमित, सन्तुलित छ या छैन भनेर हामीले ध्यान पुर्‍याउनुपर्छ । त्यसैले सफा, दाना भएका, हरीया पहेँला फलफूल, ताजा तरकारी, घ्यू, मह, चोकरसहितका अनाज, माटोमुनी फलेका, उमारेका गेडागुडी, मौसमी फलफूल आदी खानुपर्छ । एकैपटक धेरै खाने र लामो समयसम्म नखाने गर्नुहुँदैन । धेरै चिल्लो पिरो, मसलेदार, अत्याधिक चिसो, धेरै तातो, बजारीया, बासी, फ्रोजन गरीएका खानेकुरा खानु हुँदैन ।

४. एकपटकमा एउटा काम :  हो, अक्सर मानिसको कमजोरी यहि नै हो । मानिसहरुलाई यो पनि चाहिएको छ । त्यो पनि चाहिएको छ । यसरी हुँदैन । धेरैतिर हात हाल्दा हातमा शून्य मात्रै प्राप्ति हुन्छ । यसअर्थ एकपटकमा धेरैतिर हात हाल्ने र एकै समयमा धेरै काम सक्नुपर्ने बानी आजैबाट त्याग्नुहोस् । अपर्झट आइलाग्ने कामले फोकस आउट हुन सक्छ । एउटा विषयमा तपाईले ध्यान केन्द्रित गर्न पाउनुहुन्न । यसले तनाव पनि बढाउँछ । त्यसकारण एकपटकमा एउटा मात्र काम हातमा लिनु राम्रो हुन्छ । यसरी धेरैतिर हात हाल्दा तपाईले अपजस धेरै खेप्नुपर्ने र यसले थप तनाव सिर्जना गर्छ ।

५. उद्देश्य नबदल्नुहोस् :  धेरै मानिसहरुले भन्छन्, मलाई खासमा रुची यो विषयमा थियो तर म यो बनेँ । तर यदि तपाईको भित्रि मनबाट आएको ईच्छाशक्तिबेगर नै तपाई कुनै काममा हुनुहुन्छ भने त्यस काममा सफलता हात नलाग्न सकछ । तसर्थ एउटा निश्चित उद्धेश्य बनाएर त्यसको प्राप्तिका लाग्नु प्रभावकारी हुन्छ । तर याद गर्नुहोस् एकपटकमा धेरै उद्धेश्य बनाउन थालियो भने हामीभित्रको ऊर्जा र समय अनावश्यक रुपमा खेर जान्छन् । सफलता पनि हात लाग्दैन ।

६ .आवश्यकता अनुसारको प्राथमिकता निर्धारण : एकैछिन त हो नी भन्दै हामीले अनावश्यक कुरामा समय खेर फालेको पत्तै पाउँदैनौँ । एकपटक खुल्ला मस्तिष्कले सोच्नुहोस् त हामीले यसरी अरुको टिप्पणी गर्नमा, अरुको लागि सोच्नमा, कुरा गर्नमा, सामाजिक सञ्जालमा बेतुकको बहस गर्नमा कति समय खेर फाल्यौँ होला र? त्यसैले जीवनमा त्यही कुरा महत्वपुर्ण हुन्छ, जसलाई हामी एकदमै माया गर्छौ । जसमा हाम्रो मन जान्छ । र, जुन कुरा गर्नमा आनन्द आउँछ । ती कुरा के हुन सक्छन्, समयमै छुट्याउन सक्नुपर्छ । तर यो कुरा हरेक मानिसपिच्छे फरक फरक हुन्छ । अर्थात् प्राथमिकता आधार छुट्याउने बेला महत्वको आवश्यकता कुन हो ? थाहा पाउनुपर्छ ।

७. सम्मान सहित सेवा वा दया भाव : कसैप्रति दयालु हुनु पनि एक किसिमको बानी नै हो । आफूभन्दा ठूलाको सम्मान गर्नु र सानालाई माया गर्नु र उनीहरुप्रति सम्मानले, श्रद्धाले, दयाभावसहित शिर झुकाउनु स्वयम् तपाईको लागि फाईदाजनक हुन्छ । तपाईको कमाईको केहि हिस्सा किन अरुलाई बाँड्नुहुन्न ? आफूभन्दा ठूलाको कुरा किन सुन्नुहुन्न ? अरुप्रति दयाभाव किन देखाउनुहुन्न ? अप्रति सम्मान भाव किन दर्शाउनुहुन्न रु किनकी तपाईमा अहमता छ । मैले पृथ्वी थामेको छु भन्ने भ्रम र अहम्ताले तपाईको प्रगतिमा बाधा सिर्जना गर्छ । तसर्थ स साना क्रियाकलापबाट अरुको सेवा, सम्मान, सहयोग बढाउँदै लैजानुहोस् तपाईको समय राम्रो हुँदै जान्छ ।

८. दैनिकी तालिका : हामी खुशी भएको बेला फुरुङ्ग हुन्छौँ । दंग पर्छौ । तर त्यो क्षणिक हुन्छ । किन रु किनकी हामीले जीवनमा खुशी हुने काम गरेका छैनौँ । खुशी हुने काम वैज्ञानिक र सिर्जनात्मक तरीकाले गरेका छैनौँ । एकैछिन काम गर्दा होस् या साधारण दिन । दैनिकी बनाउनुहोस् र त्यसको अनुसरण गर्नुहोस् । आफ्नो सुत्ने,उठ्ने,काम गर्ने र काम सक्ने समयबारे दैनिकीमा समावेश गर्न सकिन्छ । केहि नयाँ काम गर्न लागेको अवस्थामा कार्ययोजना र तालिका बनाउनुहोस् र सेड्युलमा चल्नुहोस् । यो निरन्तर गर्नुहोस् ।

९. जीवन प्रतिको बुझाई :  जीवनको सबैभन्दा ठूलो कुरा भनेको आत्मसम्मान हो । त्यो आत्मसम्मान पाउनको लागि सकारात्मक सोच जरुरी हुन्छ । अरुलाई सम्मान दिन जान्ने मान्छे सम्मानको लागि लायक हुन्छ । यहाँ केहि मानिस छाडेर धेरैले मानिस मरणसिल प्राणी हो । मात्रै सुने । देखे । सकियो । तर कसैको ईहलिला समाप्त भएर धुँवा बनेको देखेको, सुनेको, भोगेको मान्छेले समेत जीवन बुझ्दैन । उही घमण्ड, उही स्वार्थ, उही लोभ उही लालच, मै लाउँ मै खाउँ, म भन्ने पात्रलाई मात्रै केन्द्रमा राखेर आफ्नो बारेमा सोच्ने मान्छेले जीवन बुझेको पनि हुँदैन । बुझ्न पनि सक्दैन र उसको हातमा सफलता पनि पर्दैन । तसर्थ आजका दिनबाट मानिस भएर बाँचौँ । खुशी भएर बाँचौ । लोभ विना बाँचौँ । तनावरहित बाँचौँ । हाँसेर बाँचौँ । अरुको लागि सेवा गरेर बाँचौँ जसरी हुन्छ जीवनलाई उल्लासमय तरीकाबाट बाँचौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?