मेलबर्न अनलक : विश्वमा सबैभन्दा लामो लकडाउनपछि काममा फर्किए लाखौँ मानिस

काठमाडौं । विश्वकै सबैभन्दा लामो लकडाउनबाट मुक्ति पाएको मेलबर्न शहर अब सामान्य स्थितीमा देखिएको छ ।

११२ दिनको कडा लकडाउनपछि ५० लाख मानिस खुला हावामा श्वास फेर्न निस्किएका छन् ।

बजार र स्टोर्स खुलेका छन् भने मानिस अब ५ किमीबाट २५ किमीसम्मको यात्रा गर्न सक्नेछन् । यसैबीच १.८० लाख मानिस आफ्नो काममा फर्किएका छन् ।

त्यस्तै अस्ट्रेलियाली सरकारको रणनीतिले पनि काम गरिरहेको देख्न सकिन्छ । जसका कारण आईतवार संक्रमित फेला परेनन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?