जब शाहरुख खानले ऐश्वर्या रायलाई फिल्मबाट निकालिदिए…

काठमाडौं । बलिउड अभिनेत्री तथा पूर्व मिस वर्ल्ड ऐश्वर्या राय बच्चन ४७ वर्षकी भएकी छन् ।

१ नोभेम्बर १९७३ मा उनी मैंगलोरमा जन्मिएकी उनी १९९७ बाट फिल्ममा एक्टिभ भएकी थिइन् । उनले शाहरुखसँग जोश, देवदास र मोहब्बतमा काम गरेकी थिइन् । तर एक समय थियो, शाहरुख खानले ऐश्वर्यालाई ५ वटा फिल्मबाट निकालेका थिए ।

यो कुराको खुलासा उनले स्वयं नै गरेकी हुन् । उनले कुराकानीमा भने यस बारेमा हालसम्म पनि किन निकालियो भनेर आफूले थाहा नपाएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?