इस्लामाबाद । न्यायाधीश तथा कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित भएपछि पाकिस्तानका ११ अदालतमा सीलबन्दी गरिएको छ ।पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले शुक्रवार यो कुराको पुष्टि गरेका हुन् ।
देशभर रहेका ७० अदालतहरु मध्ये ११ अदालतमा कुनै पनि काम कारबाही नहुनेगरी बन्द गरिएको उनले जानकारी दिए । ती अदालतहरु जिल्ला तथा शुरु तहका अदालतहरु पनि रहेका छन् ।
बन्द गरिएका ११ अदालतका १२ जना न्यायाधिश र कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको उनले बताए ।
बारका सचिव मिर्जाले संक्रमित भएकाहरुको उपचार भइरहेको पनि सञ्चार माध्यमहरुलाई जानकारी दिए। पाकिस्तानमा शुक्रवारसम्म कोरोना भाइरसबाट कुल संक्रमितहरुको संख्या तीन लाख ३२ हजार १८६ रहेको छ ।
त्यसैगरी कोरोनाका कारण पाकिस्तानमा शुक्रवारसम्ममा छ हजार ७९५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया