काठमाडौं । सुपरहिरो फिल्मको चलन हलिउडमा धेरै पुरानो हो ।
हलिउडमा हरेक मेगा बजेट फिल्ममा कोहि न कोहि सुपरहिरो देखाइन्छ । तर जब बलिउडको कुरा आउँछ, तब सुपरहिरोको रोलमा क्रिश नै यसमा फिट देखिन्छन् । तर अब भने ट्रेण्ड बदलिन लागेको छ ।
लामो समयदेखि फिल्म डाइरेक्टर अली अब्बास जफर सुपरहिरोको फिल्म बनाउन चाहान्थे । अब उनका फिल्ममा कटरीना सुपर हिरो बन्ने भएकी छन् ।
उनले आफ्नो तयारी पनि थालेका छन् । फिल्ममा कोहि पनि मेल कलाकार छैनन् ।
कटरीनाको अपाजिट कोहि पनि मेल हिरोको रोल छैन । यो फिल्म मात्र कटरीना नै लीड रोलमा हुनेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया