काठमाडौं । युनाइटेट सिमेन्ट्सले कोभिड–१९ महामारीको कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तिमा खटिनेहरुको सम्मान स्वरुप एउटा म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
म्यूजिक भिडियोको एक मात्र लक्ष्य कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तिमा खटिने साहसीहरुलाई धन्यवाद भन्नु र सम्मान स्वरुप सलाम गर्नु रहेको बताइएको छ ।
अहिले कोभिड–१९ ले पुरा विश्व नै आक्रान्त पारेको अवस्थामा, यो गीतले अग्रस्थानमा काम गर्ने सम्पूर्णको मनोबल बढाउने धारणा यूनाइटेड सिमेन्ट्सले व्यक्त गरेको छ ।
रामकृष्ण ढकाल, सुगम पोखरेल, प्रमोद खरेल, रजिना रिमाल, मेलिना राई, मोहित मुनाल र सन्तोष दंगालको सुमधूर स्वर, रचनाकार सन्तोष पौड्यालको कुशल लेखन, मोहितमुनालको संगीत संयोजन र कलाकार व्यवस्थापन र अन्य थुप्रैको अथाह मेहेनतले युनाइटेड सिमेन्ट्सले यो म्यूजिक भिडियो सबै सामक्ष ल्याउन सफल भएको हो ।
https://www.facebook.com/unitedcements/videos/338710704019450/
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया