अभिनेता विवेकको घरमा पुलिसको छापा

काठमाडौं । बलिउड अभिनेता विवेक ओरायको घरमा ब्यांग्लोरु पुलिसले छापा मारेको छ । ब्यांग्लोरु पुलिसका दुई इन्सपेक्टरले दिउँसो १ बजे उनको घरमा छापा मारेको हो ।

उनका सालाको विषयलाई लिएर यो छापा मारिएको बताइएको छ । ब्यांग्लोरु पुलिस सर्च वारन्ट लिएर विवेक ओबरायको जुहूस्थित घरमा पुगेको थियो ।

पछिल्लो समय बलिउड ड्रग्स कनेक्शनमा मुछिएको छ । ड्रग्सको बारेमा अहिले बलिउडमा अनुसन्धान भईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?