‘मिस नेपाल एसईई २०२०’को उपाधि रेजिना लिम्बूलाई

काठमाडौं । ‘मिस नेपाल एसईई २०२०’को उपाधि रेजिना लिम्बूले जितेकी छन्।

लिम्बूले शिक्षाको लागि छात्रवृत्ति, ट्रफी, क्राउन, गिफ्ट ह्याम्पर समेत हात पारेकी हुन्।

लिम्बुले अब फिलिपिन्समा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस टिन टुरिज्म’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै आयोजित प्रतियोगितामा सिल्भिया केसी फर्स्ट रनरअप र सुविका पौडेल सेकेन्ड रनरअप भएका थिए ।

अभ्यानी प्रोडक्सनले आयोजना गरेको प्रतियोगितामा प्रोभिन्सतर्फको उपाधिमा प्रोभिन्स ३ को महिमा महतो, प्रोभिन्स १ को रोमी राई, र प्रोभिन्स ५ को बिमिका थापा मगरले उपाधि हात पारे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?