गुण्डा नाइके गणेश लामालाई रिहा गर्न कांग्रेसको माग, नत्र आन्दोलन

काठमाडौं, २ चैत – नेपाली कांग्रेस काभ्रेले गुण्डा नाइके गणेश लामालाई तत्काल रिहाई नगरिए सडक र सदन दुवैमा शक्ति प्रदर्शन गर्ने चेतावनी दिएको छ ।राजधानीमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले शुक्रबार पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो ।बुधबार साँझ राजधानीको गौशालाबाट पक्राउ परेका लामालाई सुनियोजित ढंगले फसाउन खोजेको आरोप लगाउँदै कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले तत्काल लामालाई रिहाई गर्न माग गरेको छ ।पत्रकार सम्मेलनमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति मधु आचार्यले नागरिकको सुरक्षाको लागि कांग्रेसले जुनसुकै कदम चाल्ने बताए ।षड्यन्त्रपूर्वक गोली हानी हत्या गर्ने उद्देश्यले प्रहरीले नै गोली हानेको दाबी गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सचिव दिनेश लामाले गणेश लामालाई विना शर्त रिहाईको माग गरे ।उनले भने,‘राज्य शक्तिको दुरुपयोगको बाटोमा गएको छ, यस्तो स्थितिमा हामीले कसको विश्वास गर्ने, कसको भर पर्ने, सरकार नै गुण्डा गर्दिको शैलीमा जनता माथि आक्रमण गर्ने मनस्थितिमा उत्रेको छ यो कांग्रेसलाई स्वीकार्य हुँदैन ।’लामा कांग्रेसका कार्यकर्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?