काठमाडौँ, २ चैत- नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।माओवादीभित्रका चर्चित नेता मानिने जनार्दन शर्मा भने मन्त्री बनेनन् । उनले ऊर्जा मन्त्रालय नपाए मन्त्री नबन्ने पार्टीलाई जानकारी गराएपछि चन्द्र प्रकाश खनाल बलदेवलाई मन्त्री बनाइएको छ ।माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई बुझाएको मन्त्रीको सूचीमा वर्षमान पुन, गिरीराजमणि पोखरेल, शक्ति बस्नेत र बीना मगरको नाम समेत रहेको छ ।पुनलाई उर्जा तथा जलस्रोतमन्त्री बनाइएको छ भने पोखरेललाई शिक्षा बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।यस्तै मगरलाई खानेपानी मन्त्री बनाइएको छ । उनीहरुले आजै पद तथा गोपनियताको सपथ लिने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया