काठमाडौं, २ चैत । मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि सत्तारुढ दलहरुबीच मन्त्रालय संख्या बढाउने सहमति भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन् ।मन्त्रिपरिषद् विस्तारका लागि तीन मन्त्रालय थपिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित २१ मन्त्रालय पुगेको छ ।फागुन ३ गते प्रधानमन्त्री पदमा नियुक्त भएसँगै प्रधानमन्त्री ओली ३० वटा मन्त्रालयलाई घटाएर १७ मा झारिएको थियो । तर, दलहरुको भागवण्डा नमिलेपछि फेरि मन्त्रालय थपिएको छ ।जबकी उच्चस्तरीय समितिले प्रधानमन्त्री कार्यालयसहित १५ वटा मात्र मन्त्रालय राख्न सुझाएको थियो ।थपिएका मन्त्रालयहरुमा सिँचाई, युवा तथा खेलकुद र श्रम तथा रोजगार छन् । शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद फुटाइएको छ र अब शिक्षा र युवा तथा खेलकुद अलग-अलग मन्त्रालय भएको स्रोतले जनाएको छ ।श्रम, रोजगार तथा महिला, बालबालिका मन्त्रालयलाई फुटाइएको छ । अब श्रम तथा रोजगार र महिला तथा बालबालिका छुट्टाछुट्टै मन्त्रालय भएका छन् ।संविधानमा संघीय मन्त्रिपरिषद्मा बढीमा २५ सदस्यीय हुने प्रावधान छ । शुक्रबारको निर्णयले अब २० मन्त्री हुने भएका छन् भने बढीमा चार राज्यमन्त्री हुनसक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया