दीपकराज जोशीले सम्हाले प्रधानन्यायाधीशको जिम्मेवारी, तोके इजलास

काठमाडौं, १ चैत । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले प्रधानन्यायधीशको जिम्मेवारी सम्हालेका छन् ।सर्वोच्चका वरिष्ठतम न्यायाधीश जोशीले कामयमुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका हुन् ।न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई हिजो फागुन ३० गते साउनमै अवकास पाएको पत्र थमाएपछि जोशीले कामुको जिम्मेवारी सम्हालेका हुन्पराजुलीले आफू नै प्रधानन्यायाधीश भएको दाबी गरेका थिए । तर, सर्वोच्च प्रशासनले उनको नाम प्रधानन्यायाधीशको सूचीबाट हटाएको छ र जोशी कामु प्रधानन्यायाधीश भएको जानकारी दिएको छ ।साथै कामु प्रधानन्यायाशी जोशीले इजलास पनि तोकेका छन् ।कामु प्रधानन्यायाधीश जोशीले सोमबारदेखि मुद्दा नपाएका न्यायधीश चोलेन्द्र शमशेर जवरासहित ८ जना न्यायधीशको पनि इजलास तोकेका छन् । पराजुलीसँग मतभेद भएपछि आठजना न्यायधीशले गत बिहिबारदेखि घर विदा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?