नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । आजको लागि बोलाइएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

आइतवार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकपथलाई जानकारी दिए । तर बैठक कहिले बस्छ भन्ने विषयमा भने टुंगो लागेको छैन् ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच गत शुक्रबार भएको छलफलपछि सचिवालय बैठक बोलाउने निर्णय भएको थियो ।

पार्टीभित्र मन्त्रिपरिषद् पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद बढिरहेको सन्दर्भमा सचिवालय शनिवारका लागि बैठक बोलाईएको थियो ।

शनिबारका लागि तय भएको बैठक आज अपराह्न सारिएको थियो ।

आइतवार प्रधानमन्त्री ओलीका सल्लाहकार, स्वकीय सचिव, सचिवालय र सुरक्षाकर्मीसहित ७० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएसँगै बैठक स्थगित गरिएको थियो । त्यस्तै नेकपाका अध्यक्ष समेत रहेका प्रम ओलीले अत्यावश्यक बाहेक भेटघाट बन्द गरेका छन् ।

यो पनि

प्रधानमन्त्रीले अत्यावश्यक बाहेकका भेटघाट नगर्ने, सचिवालय बैठक के हुन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?