राष्ट्रिसभा बैठक आज बस्दै, अध्यक्षमा तिमिल्सिना निर्वाचित भएको घोषणा हुने

काठमाडौं, ३० फागुन । राष्ट्रिसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएको औपचारिक घोषणा बुधबार हुँदैछ ।गत सोमबार राष्ट्रियसभा अध्यक्षपदका लागि मनोनयन दर्ता गरेका एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो । तिमिल्सिनाको मात्र उम्मेदवारी परेकोले उनी राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा बुधबार बस्ने राष्ट्रियसभाको बैठकले गर्नेछ ।बुधबार दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बोलाइएको छ ।५९ सदस्यीय राष्ट्रियसभामा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई–दुई जना र राष्ट्रपतिबाट मनोनित ३ जना सदस्य छन् ।यसैबीच राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन भने आगामी चैत ४ गते हुने भएको छ ।राष्ट्रियसभाको अध्यक्ष पुरुष निर्वाचित भइसकेकाले अब उपाध्यक्ष महिला हुनुपर्ने छ । राष्ट्रियसभाको अध्यक्ष एमालेले पाएकाले उपाध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?