कांग्रेस महामन्त्री शशांक कोईराला कोरोना संक्रमण मुक्त

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोईराला कोरोना संक्रमण मुक्त भएका छन् । पुनः कोरोना परीक्षण गराएका उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि ओम अस्पताल भर्ना भएका कोईरालाशनिवार अस्पतालबाट डिस्चार्ज भएका थिए। स्वास्थ्यमा सुधार आउन थालेपछि उनलाई डिस्चार्ज गरिएको थियो ।

महामन्त्री कोईरालालाई गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?