काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो जन्मदीनमा शुभकामना दिएका भारतीय क्रिकेटर विराट कोहलीलाई शुभकामना दिँदै विराट र अनुष्का शर्मालाई बधाईसहित असल अभिभावक बन्ने विश्वस लिएको बताएका छन् ।
सेप्टेम्बर १७ मा परेको मोदीको जन्मदिनमा विभिन्न क्षेत्रका व्यक्तिले उनलाई ‘विस’ गरेका थिए ।
मोदीको जन्मदीनको अवसरमा भारतीय क्रिकेटर कोहलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् “आदरणीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना “ भनेर लेखेका थिए । सोही शुभकामनाको लागि धन्यवाद् सहित जवाफ दिँदै मोदीले विराट र बलिउड अभिनेत्री अनुष्का शर्मालाई बधाई दिँदै लेखेका छन्, “मलाई थाहा छ, तपाईंहरू असल अभिभावक बन्नु हुनेछ।”

गत अगस्ट २७ मा अनुष्काले आफूहरु अभिभावक बन्न लागेको खबर सार्वजनिक गरेकी थिइन्।
न् २०१७ को डिसेम्बरमा विवाह गरेका यो जोडी सन् २०२१ को जनवरीमा आमाबुबा बन्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया