काठमाडौं । एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनलाई कोरोना संक्रमण पुष्टि भएको छ । परिक्षणको क्रममा गरिएको टेस्टमा उनीमा कोरोना संक्रमण देखिएको हो ।
एट्लेटिको मड्रिड क्लबले प्रशिक्षक कोरोनाबाट संक्रमित भएको जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी एकान्तवासमा रहेका छन् ।
नयाँ सिजनको तयारी स्वरुप उनी गत सोमबारबाट प्रशिक्षण गराउन शुरु गरेका थिए । एट्लेटिकोले मंगलबार काडिजसँग मैत्रीपूर्ण म्याच थियो । एट्लेटिकोले सेप्टेम्बर २७ मा घरेलु मैदानमा ग्रानाडालाई आतिथ्यता प्रदान गर्दैछ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया