काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार कोरोना भाईरसबाट मुक्त भएका छन् । नेयमारले शुक्रवार आफु कोरोना भाईरसबाट मुक्त भएको बताएका छन् । ब्राजिलियन स्टार नेयमारले ट्वीटरबाट आफु कोरोना मुक्त भएको बताएका हुन् ।
नेयमारले कोरोनाबाट मुक्त भएर आफु टिमको प्रशिक्षणमा फर्किएको समेत बताएका छन् । एक साता अघि नेयमारसहित पीएसजीका तीन खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको थियो ।
फरवार्ड नेयमार सहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाईरसको संक्रमण देखिएको थियो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया