इंग्ल्याण्डलाई १९ रनले हराउँदै अस्ट्रेलियाले जित्यो पहिलो वान-डे सिरिज

काठमाडौं । अस्ट्रेलियाले इंग्ल्याण्डलाई तीन वान डे सिरिजको पहिलो खेलमा १९ रनले जित हात पारेको छ ।

म्यान्चेस्टरको ओल्ड ट्रयाफर्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाउँदै २९४ रन बनाएको थियो ।

जवाफमा इंग्ल्याण्डले ९ विकेट गुमाउँदै २७५ रन मात्र बनाउन सक्यो । यसैबीच अस्ट्रेलियाले सीरिजमा १-० को अग्रता बनाएको छ ।

अस्ट्रेलियाले दिएको २९५ रनको टार्गेट पछ्याएको इंग्ल्याण्डले ५७ रन जोड्दा ४ विकेट गुमाएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?