काठमाडौं । कोरोना भाइरसको प्रकोप अहिले सारा विश्वमा नै व्याप्त छ ।
यसको चपेटामा सारा विश्वबासीहरु परिरहेका छन् ।
यसैबीच चर्चित र्यापर रफ्तारलाई कोरोना संक्रमण भएको छ ।तर उनमा केही लक्षण नभएको कारणले गर्दा उनी मेसिन बिग्रिएको बताएका छन् ।
उनले स्वयं कोरोना रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।
उनले भने, ‘मैले कोरोना परीक्षण गराएको थिएँ, जसमा रिपोर्ट पोजेटिभ आएको छ, मलाई होम आइसोलेसनमा बस्न लगाइएको छ, तर मलाई लाग्छ यो मेसिनको खराबी हो, किनभने म एकदमै स्वस्थ छु ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया