क्यानले पठायो क्रिकेट खेलाडीको खातामा एक वर्षको तलब

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीको तलब पठाएको छ । क्यानले सिनियर क्रिकेट खेलाडीलाई एक वर्षको तलब पठाएको हो ।

आईसीसीबाट प्राप्त भएको रकम क्यानले बुधबार खेलाडीको बैंक खातामा जम्मा गरिदिएको छ । २२ जना खेलाडी र एक टेक्निकल एनालिस्टसहित २३ जनाको तलब क्यानले पठाइसकेको स्रोतले जनाएको छ ।

खेलाडीको तलब

ए ग्रेडका खेलाडी -४५ हजार रुपैयाँ
बी ग्रेडका खेलाडी -३५ हजार रुपैयाँ
सी ग्रेडका खेलाडी -२५ हजार रुपैयाँ

अब ‘ए’ ग्रेडका खेलाडीले एक वर्षको एकमुष्ट ५ लाख ४० हजार पाएका छन् । यस्तै ‘बी’ ग्रेडका खेलाडीले ४ लाख २० हजार र ‘सी’ ग्रेडका खेलाडीले ३ लाख पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?