टी-ट्वान्टी वरीयतामा नेपाल यथावत, अष्ट्रेलिया शीर्ष स्थानमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ ।

आईसीसीले मंगलबार निकालेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपालको २३ खेलमा १ सय ८० रेटिङ अंक रहेको छ । नयाँ वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो ।

अष्ट्रेलिया टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?